काठमाडौं । इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष तथाओमानका लागि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र डिप्लोमेटिक एकेडेमी अफ ओमानका महानिर्देशक अली अल मानीबीच राजधानी मस्कटमा भेटवार्ता भएको छ ।
उक्त भेटवार्ता फलदायी भएको आईआरजीडीडीले जनाएको छ । भेटवार्तामा ओमानसगको लामोसमयदेखिको मित्रता र बलियो व्यावसायिक सम्बन्धलाई प्रतिबिम्बित भएको थियो । दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउने आधारको जग डा. पराजुलीले आफू राजदूत हुन निर्वाह गर्न सफल भएकी थिइन् ।
त्यस अवशरमा दुवै पक्षले तालिम कार्यक्रम, अनुसन्धान सहयोग, नीतिगत संवाद र क्षमता निर्माणपहलहरूमा केन्द्रित हुदै डिप्लोमेसी एकेडेमी अफ ओमान र आईआरजीडीडी बीचको सहयोगका क्षेत्रहरूको बारेमा कुराकानी भएको थियो ।
महानिर्देशक अल मानीले साझेदारीमा आईआरजीडीडीको चाहनालाई स्वागत गरे । र, दुवै पक्षलेसाझा क्षेत्रीय र अन्तर्राष्ट्रिय उद्देश्यहरूको समर्थनमा शैक्षिक र कूटनीतिक सहयोगलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS