काठमाडौं । इजरायली आक्रमणमा इरान रिभोलुनरी गार्ड प्रमुख हुसेन सलामीको मृत्युपछि पूर्वकुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमाण्डर–इन–चिफ नियुक्त गरिएको छ ।
प्रमुखमा नियुक्त भएसँगै जनरल वाहिदीले आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन् ।
इरानी सरकारी मिडियाका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । यसमा इरान रिभोलुशनरी गार्डका कमाण्डर–इन–चिफ हुसेन सलामी, खातम–अल–अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर घोलामाली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी समावेश छन् ।
यसबाहेक, आणविक ऊर्जा सङ्गठनका पूर्वप्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक र तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको छ ।
FACEBOOK COMMENTS