काठमाडौं । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठक सुरू हुनुअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्न लागेको चर्चा फेरि चुलिएको छ । बैठकका एजेण्डाबारे औपचारिक रूपमा खुलासा नगरिए पनि आजैको बैठकले उनीबारे केही निर्णय गर्न सक्ने चर्चा भइरहेको हो ।
सरकार र कुलमान घिसिङबीच पछिल्लो समय विवाद उत्कर्षमा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले केही दिनअघि संसदमा घिसिङले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा लागेको बताएका थिए ।
स्रोतका अनुसार मन्त्री खड्काले घिसिङलाई हटाउने प्रस्ताव केही दिनअघि नै मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकार घिसिङलाई षड्यन्त्रपूर्वक हटाउन लागेको भन्दै आपत्ति जनाएको छ ।
FACEBOOK COMMENTS