काठमाडौं । यस वर्षको ईश्वरलाल लाईफटाईम अवार्ड डा.हेरम्ब बहादुर राजभण्डारीलाई प्रदान गरिएको छ । नेपाल चेम्बर अफ कर्मसको ७३ औं वार्षिक उत्सबको अवसरमा उप–प्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ र ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले राजभण्डारीलाई सम्मान तथा अवार्ड वितरण गरेका थिए ।
राजभण्डारीले २०३८ सालतिर बाट दैनिक २० लिटर दुध संकलन गरेर त्यसैलाई दही बनाउँदै व्यापार सुरु गरेका थिए । दुध, दही, चिज, आइसक्रिमपछि फास्टफुड पनि सुरु गरे । २०३८ सालदेखि अहिलेसम्म आइपुग्दा नेपाल डेरीले र एन्डीज् ठूलो रुप लिइसकेको छ ।
हात्तिबनमा १७ रोपनिमा जग्गामा नेपाल डेरीको उद्योग फैलिएको छ । जहाँ ३ सय जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । ८८ वर्षीय डा.हेरम्ब बहादुर राजभण्डारी नेपाल डेरीको चेयरम्यानको कुर्सीमा छन् । उनमा अझै उस्तै सक्रियता छ । उनले जग हालेको व्यवसायमा परिवारका अन्य सदस्यहरूले पनि साथ दिइरहेका छन् ।
नेपाल डेरीको उद्योगमा पूर्व सर्लाहीदेखि नवलपरासीको दाउन्ने पारीबाट दुध भित्रिन्छ । दैनिक १४ हजारदेखि २० हजार लिटर दुध संकलन गरिन्छ । दैनिक ४ हजार परिवारले यसबाट प्रत्यक्ष रोजगारी पाइरहेको उनी बताउँछन् ।
FACEBOOK COMMENTS