काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधनमाथि गम्भीरताका साथ छलफल र बहसमा सहभागी हुन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पोलिटब्यूरोका सदस्यहरूले गम्भीरताका साथ छलफल वहसमा सहभागी हुने र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
पोखरेलले लेखेका छन्, ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गंभीरताका साथ छलफल गरियो । आज पोलिटब्यूरो सदस्यहरूका विचमा छलफल हुनेछ । पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ ।’
बिहीबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी रहने नयाँ विधान स्वीकृत गरेको छ भने ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS