काठमाडौँ । नेकपा एमालेको ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरू गर्न माग गरेको छ ।
मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको ईश्वर पोखरेलको आरोप छ ।
दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु हुन नसकिरहेका बेला ईश्वर पोखरेलले तत्काल मतदान सुरु गर्न दबाब बढाएको हो ।

FACEBOOK COMMENTS