काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने बताएका छन् ।
बिहिबार काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिको जबाफ दिँदै संवादबाट मात्रै सहमति हुने बताएका हुन् ।
बुधबार सम्पादकहरूसँग छलफल गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा ओलीले आफूबाहेक अरूलाई अध्यक्ष घोषणा गरे सहमति हुन सक्ने बताएका थिए ।
’छोड्छौ भनेर सहमति भनेर हुन्छ? मसँग भन्नुपर्यो मसँग भन्नुभएको छैन बाहिर–बाहिर उम्मेदवारी घोषणा गर्नुभाछ,’ उनले भने ।
उनले सहमतिका लागि कसैलाई दबाब नदिने पनि बताए । ’संवादबाट सहमति भयो भने त्यो सहमति हो दबाबबाट गर्न चाहँदैनौं,’ उनले भने।

FACEBOOK COMMENTS