काठमाडौं । नेकपा एमालेका सांसद ईश्वर बहादुर रिजाल (ईश्वरी)ले दोलखा जिल्लामा रहेका सम्पूर्ण स्लेट ढुङ्गा खानीहरू तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
आज आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले खासगरी दोलखाको बिगु गाउँपालिकास्थित चिलंखा, आलाम्पु र बिगुमा रहेका स्लेट ढुङ्गा खानीहरू सञ्चाल गर्न सभामुखमार्फत नेपाल सरकार र उद्योग मन्त्रालयसमक्ष माग गरेका हुन् ।
ढुङ्गा खानीहरू बन्द हुँदा स्थानीयवासीहरूको रोजीरोटीमा समस्या आएको भन्दै उनले जनताको जीविका नै बन्द हुनेगरी खानी बन्द नगर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका हुन् ।
‘दोलखा जिल्लाको बिगु गाउँपालिकाको साविकको चिलंखा, आलाम्पु र बिगुमा स्लेट ढुङ्गाखानीहरू थिए । पहिला त्यहाँका बासिन्दाहरू थामी र मगर जातीलगायत धेरै समुदायको त्यो (खानी) जीविकाको ठूलो माध्यम थियो । अहिले त्यो बन्द भएको छ । त्यसकारण म नेपाल सरकारको उद्योग मन्त्रालयलाई छिटो भन्दा छिटो त्यहाँ खानी सञ्चालन गर्नका लागि सरकार र उद्योग मन्त्रालयको तर्फबाट पहल होस् भन्ने माग गर्न चाहान्छु,’ उनले भने ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS