काठमाडौँ । पाकिस्तानको इस्लामाबादको तरलाई क्षेत्रमा शुक्रबारको प्रार्थनाको समयमा खादिजात–ए–कुबरा मस्जिदमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ ।
समूहले टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेद्वारी लिएको हो । पाकिस्तानमा सक्रिय आईएसआईएस समूहले आक्रमणको पछाडि हात पारेको र यो आत्मघाती बम विस्फोट भएको उल्लेख गरिएको थियो ।
आईएसआईएसको समाचार एजेन्सी, अमाकले पनि एक विज्ञप्ति जारी गर्दै कथित नकाबधारी आक्रमणकारीको तस्बिर साझा गरेको छ ।
इस्लामाबादको तरलाई क्षेत्रमा रहेको इमामबारगाहमा शुक्रबार भएको विस्फोटमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका थिए ।
FACEBOOK COMMENTS