काठमाडौँ । गाजामा पूर्ण नियन्त्रण लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाको विरुद्धमा इजरायलमा प्रदर्शन शुरु भएको छ ।
टाइम्स अफ इजरायलका राजनीतिक संवाददाता ताल स्नाइडरले इजरायलमा ठूलो असन्तुष्टि रहेको र मानिस बिहीबार रातिदेखि दर्जनौं ठाउँहरूमा सरकारको विरोधमा सडकमा उत्रिएको बताएका छन् ।
उनले सरकारले धेरै अलोकप्रिय कदम चालेको र सरकारको पछिल्लो निर्णयप्रति व्यापक असन्तुष्टि रहेको बताएका छन् ।
उनले सरकारले कूटनीतिक वा राजनीतिक समाधान खोज्नुको सट्टा बढी बलियो कदम चाल्ने मानसिकतामा फसेको आम रुपमा आरोप लगाइएको उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS