काठमाडौं । उक्तरी र मध्य गाजामा इजरायली हवाई आत्रमणमा कम्तीमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले घटनाबारे जानकारी दिएका हुन् ।
अधिकारीहरूले शनिबार आवासीय क्षेत्रहरूसहित पाँच स्थानमा आक्रमण भएको बताएका छन् । स्थानीय स्रोतहरूले मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमाण्डर पनि रहेको सङ्केत गरेका छन् । इजरायली सेनाले गाजामा लक्षित गरिएका लक्ष्यहरू शनिबारअघि भएको घटनासँग सम्बन्धित रहेको बताएको छ ।
सेनाका अनुसार, एक सशस्क्र व्यत्तिले गाजापट्टीको पहेँलो रेखा पार गरेर इजरायली नियन्त्रित क्षेत्रमा प्रवेश गरेर सैनिकहरूमाथि गोली चलाएका थिए । हमासले इजरायलको आरोप अस्वीकार गरेको छ ।
दुवै पक्षले छ हप्ताअघि भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप एकअर्कालाई लगाएका छन् ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा ३१० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

FACEBOOK COMMENTS