काठमाडौं । इरानको विज्ञान तथा प्रविधि विश्वविद्यालयले इजरायली हमलामा अर्का ‘परमाणु वैज्ञानिक’ को मृत्यु भएको जानकारी दिएको छ ।
विश्वविद्यालयका अनुसार रासायनिक इञ्जिनियरिङ स्नातक तथा परमाणु वैज्ञानिक सुलेमानीको इजरायली हमलामा मृत्यु भएको हो ।
यद्यपि, उनको मृत्यु कुन स्थानमा भएको हो भन्नेबारे भने जानकारी नरहेको विश्वविद्यालयले जनाएको छ ।
इरानका विभिन्न क्षेत्रमा गरिएका हमलाहरूमा इजरायले परमाणु र सैन्य अड्डाहरूका साथै धेरै परमाणु वैज्ञानिक र सैन्य कमाण्डरहरूलाई पनि निशाना बनाएको छ ।
इजरायल र इरानबीच १२ दिनसम्म चलेको युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम घोषणापछि समाप्त भएको छ ।
FACEBOOK COMMENTS