काठमाडौं । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को बर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनित गर्ने घोषणा गरेको छ ।
इजरायलको संसदमा उपस्थित रहेका ट्रम्पलाई सभामुखले अर्को बर्षको नोबेल पुरस्कारका लागि मनोनयन गर्ने घोषणा गरेका हुन् । उनले नोबेल पुरस्कारका लागि ट्रम्प सबैभन्दा बढी लायक भएको घोषणा गरेका हुन् ।
ट्रम्पले नोबेल शान्ति पुरस्कारको लागि आफ्नो दाबेदारी पेश गर्दै आएका छन् । उनले आफुले विश्वका कैयौं युद्ध रोकेको भन्दै यसै बर्ष नोबेल पुरस्कार पाउनु पर्ने बताउदै आएका थिए ।
तर यस बर्ष नोबेल समितिले उनको मनोनयन समयमा नभएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा राखेको थिएन ।
FACEBOOK COMMENTS