एजेनेसी । प्यालेस्टाइनसँग यसै साता भएको हिंसात्मक झडपका क्रममा कब्जामा लिइएको पश्चिमी किनाराको एक गाउँ नजिकै सैनिकमाथि आक्रमण गरेको आरोपमा छ जना इजरायली नागरिकलाई पक्राउ गरिएको सेनाले शनिबार जनाएको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बुधबार इजरायली बासिन्दाले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको बताएपछि मध्य पश्चिम किनाराको काफ्र मलिक गाउँमा हिंसा भड्किएको हो । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रातभर इजरायलीहरूको एक समूहलाई तितरबितर पार्न सैनिकहरू उक्त गाउँ नजिकै गएका थिए।”
“दर्जनौं इजरायली नागरिकले उनीहरूमाथि ढुङ्गामुढा गर्नुका साथै बटालियन कमान्डरलगायत सैनिकमाथि शारीरिक तथा मौखिक आक्रमण गरेका थिए,” विज्ञप्तिमा भनिएको छ। उनीहरूको नेतृत्वमा स्थानीयलेसुरक्षा फौजका सवारी साधनमा तोडफोड र क्षति पु¥याउनुका साथै सुरक्षाकर्मीलाई नियन्त्रणमा लिने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “सुरक्षा बलले भेलालाई तितरबितर पा¥यो र छ जना इजरायली नागरिकलाई पक्रेर थप प्रक्रियाका लागि इजरायली प्रहरीमा स्थानान्तरण गरियो।” इजरायली सेनाले पक्राउ परेकाहरु सन् १९६७ देखि इजरायलले कब्जा गरेको क्षेत्रमा इजरायली ब स्तीका बासिन्दा हुन् वा होइनन् भन्नेबारे एएफपीसँग सम्पर्क गर्दा केही बताउन चाहेन ।
सेनाले उक्त प्रश्न इजरायली प्रहरीलाई सोध्न भनेको थियो तर प्रहरीले पनि यसुबारे कुनैे टिप्पणी गर्न चाहेन ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हिंसाका गम्भीर घटना र आइडीएफ सैनिकमाथि भएको आक्रमणको म कडा शब्दमा निन्दा गर्दछु ।”
“म कानून प्रवर्तन अधिकारीहरूलाई हिंसामा संलग्न सबैलाई पत्ता लगाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन तत्काल कदम चाल्न आग्रह गर्दछु।“
FACEBOOK COMMENTS