काठमाडौं । उच्च अदालत पाटनले चलचित्र लालीबजारलाई रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ।
न्यायाधीश गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो।
यसअघि वैशाख १५ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
अब यो चलचित्र रोक्ने/नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशको छलफलका लागि बुधबारको पेसी तोकिएको छ। यो पेसीले चलचित्र प्रदर्शन गर्न वा नगर्न आदेश दिनसक्नेछ।
यस छलफलमा उच्च सरकारी वकिलको कार्यालयलाई चलचित्र जँच समितिबाट सार्वजनिक प्रदर्शनी गर्न अनुमति दिने गरी भएको निर्णय सहितको सक्कल फाइल ल्याउन पनि आदेश भएको छ।
