काठमाडाैं । प्रभु क्यापिटलले निष्काशन गरेको प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन दिने आज फागुन २८ गते अन्तिम दिन रहेको छ ।
क्यापिटलले फागुन १८ गतेबाट इकाई निष्काशन गरेको हो ।
क्यापिटलले फागुन १८ गतेबाट प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको छ ।
क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालन हुने प्रभु स्मार्ट फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार ८० करोड रहेको छ । क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले फण्डको ८ करोड इकाई निष्काशन गरेको हो ।

जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक प्रभु बैंकलाई छुट्याईएको छ । त्यस्तै ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई छुट्याईएको छ।

बाँकि रहेको ६ करोड ८० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम पुरै अर्थात् ८० लाख इकाईको लागि दिन सकिने छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।
प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना अन्तर्गत प्रभु स्मार्ट फण्ड संचालन गर्न लागेको हो। यो योजना एक बन्दमूखि योजना हो ।
यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।
नेपालको शेयरबजारमा धेरै सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् ।
त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये उत्कृष्ट कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फण्ड राखिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित बन्दमुखी सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ ।
फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ ।
यसका लागि बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्ने क्यापिटलले उल्लेख गरेको छ।
बजारमा रहेका उत्कृष्ट स्टकहरुलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्ने क्यापिटलले उल्लेख गरेको छ ।