काठमाडाैं कर्पोरेट म्यागजिन टिमले उद्योगपति स्वर्गिय ईस्वरलाल श्रेष्ठकी श्रीमति पद्मा देवि श्रेष्ठलाई सम्मान गरेको छ । कर्पोरेट म्यागजिनले आयोजना गरेको कर्पोरेट बिजनेस अवार्ड समाहरोमा पद्यमा देवि श्रेष्ठलाई सम्मान स्वरुप कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुनले दोसल्ला ओढाएका थिए ।
कार्यक्रममा उद्योगपति स्वर्गिय ईस्वरलालको सम्झनामा स्थापित ईस्वरलाल प्रतिष्ठान अन्तरगत ईस्वरलालकी श्रीमति आदरणी सबैकी आमा पद्मा देविलाई सम्मान गरीएको हो ।
कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष उर्मिला श्रेष्ठ एवम् दिपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कर्पोरेट मिडियाको आयोजना तथा चेम्बर आन्दोलनका लौह पुरुष, प्रतिष्ठित उद्योगपति एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व. ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित संस्था ईश्वरलाल प्रतिष्ठानको सह आयोजनामा कर्पोरेट विजनेश अवार्ड समारोह सम्पन्न भएको हो ।
FACEBOOK COMMENTS