काठमाडौं । देशका केही स्थानमा यति बेला (बिहीबार बिहान ९:४० बजे) पानी परिरहेको छ । काठमाडौंलगायत स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको नवलपुरमा सबैभन्दा बढी ३२.६ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै चौतारामा ७ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंको चन्द्रागिरिमा ७.८ मिलिमिटर पानी परेको छ । नैकापमा ३.४ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।हावाहुरी, मेघगर्जनसहित अरू केही स्थानमा पनि वर्षा भइरहेको विभागले जनाएको छ ।
“अहिले लुम्बिनी, वाग्मती र कोसी प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ,” विभागले भनेको छ, “गएको एक घण्टामा सबैभन्दा बढी पानी सिन्धुपाल्चोकको नवलपुरमा ३२.६ मिलिमिटर पानी परेको छ ।”