काठमाडौँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज नेपालले इटालीको सामना गर्दैछ ।
मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा इटालीले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेका कारण आजको खेल उनीहरूका लागि पहिलो जित दर्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
आजको खेलमा नेपालको प्लेइङ–११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, ललित राजबंशी, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने ।
FACEBOOK COMMENTS