काठमाडौँ । फ्रान्सले संयुक्त अरब इमिरेट्स (युएई) मा आफ्ना सैनिक आधारस्थलको सुरक्षाका लागि राफेल लडाकु विमान तैनाथ गरेको छ ।
फ्रान्सका विदेश मन्त्री जा नोएल बारोका अनुसार ती विमानहरूले त्यहाँ रहेका फ्रान्सका आधारस्थलमाथि गस्ती गर्दै सुरक्षा जिम्मेवारी सम्हालेका छन् । तर ती विमानले कुनै ड्रोन वा क्षेप्यास्त्र खसालेका छन् कि छैनन् भन्ने विषयमा उनले स्पष्ट पारेनन् ।
फ्रान्सले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको आलोचना गरेको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोनले उक्त कारबाही अन्तर्राष्ट्रिय कानुनको दायराभन्दा बाहिर रहेको भन्दै फ्रान्सले त्यसको समर्थन नगर्ने बताएका छन् ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै फ्रान्सले आफ्नो सैनिक उपस्थिति बढाएको छ । उसले आणविक ऊर्जाबाट चल्ने आफ्नो युद्धपोत ‘शार्ल द गॉल’ लाई भूमध्यसागर क्षेत्रमा तैनाथ गरेको जनाएको छ ।
FACEBOOK COMMENTS