काठमाडौं । संचालनको छोटो समयमै निकै लोकप्रिय बनेको र सयौं निःसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गर्न सफल हार्दिक आई.भि.एफ सेन्टर सिनामंगलले आउँदो नयाँ वर्ष २०८२ को अवसरमा निःशुल्क आई.यु.आई सेवा संचालन गर्ने भएको छ।
यो सेवा चैत्र १० गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म उपलब्ध हुनेछ। सिनामंगलस्थित क्रिस्टल कम्प्लेक्समा रहेको यो सेन्टरले आर्थिक समस्याका कारण उपचार गर्न नसकेर सन्तान सुखबाट वञ्चित दम्पतीलाई लक्षित गरी यो अभियान सुरु गरेको हो।
आई.यु.आई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) सेवामा सहभागी हुन चाहनेले ०१५९१७९८२, ९८०२३५२८११ वा ९७०९१३९१८० मा फोन गरी अग्रिम नाम दर्ता गर्नुपर्नेछ। अग्रिम दर्ता गराउनेलाई मात्र यो निःशुल्क सेवा प्रदान गरिनेछ। बाँझोपनको उपचारबारे जनचेतना फैलाउने र निःसन्तान दम्पतीका सामाजिक तथा मानसिक समस्याको समाधान गरी आशाको किरण जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सेन्टरले जनाएको छ।
आई.यु.आई बाँझोपनको उपचारमा प्रभावकारी मानिन्छ। यो पद्धतिमा विशेष प्रविधिबाट तयार पारिएका शुक्रकीटलाई महिलाको पाठेघरभित्र राखिन्छ, जसले गर्भधारणको सम्भावना बढाउँछ। पुरुषमा शुक्रकीटको संख्या कम भएमा, कमजोरी भएमा, अस्पष्ट बाँझोपनको समस्या भएमा वा महिलाको प्रजनन समस्यामा यो उपचार उपयोगी हुन्छ। नेपालमा आई.यु.आई उपचारको औसत खर्च १५ देखि २० हजार रुपैयाँ पर्ने भए पनि हार्दिक आई.भि.एफ सेन्टरले यो सेवा निःशुल्क प्रदान गर्न लागेको हो।
यो शिविरमा अनुभवी डाक्टरहरूले निःशुल्क परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षणपछि आई.यु.आई उपचार प्रदान गर्नेछन्। यस विधिबाट गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म हुने विश्वास गरिएको छ। हार्दिक आई.भि.एफ सेन्टरले यो अभियानमार्फत निःसन्तान दम्पतीलाई सन्तान सुखको अवसर प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने लक्ष्य राखेको छ।
FACEBOOK COMMENTS