काठमाडौं । राजावादी समूहे काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा लगाएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो लागेको चार घण्टा बितिसक्दा नियन्त्रणमा नआएको हो ।
कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगो लागिरहेको छ भने अहिलेसम्म कतैबाट पनि नियन्त्रणको प्रयास भएको छैन ।
‘सञ्चो’ लगायत जडीबुटीजन्य औषधि उत्पादन गर्ने कम्पनीको स्टोरमा अत्यधिक प्रज्ज्वलनशील पदार्थहरू भएकाले आगो भयानक विस्फोटमा परिणत हुन सक्ने र यसले जडीबुटी क्षेत्र ध्वस्त हुने खतरा रहेको उनको भनाइ छ ।
उनका अनुसार त्यहाँ २५ टन तेल छ र त्यहाँसम्म आगो फैलिए उद्योग नै ध्वस्त हुनसक्छ खतरा छ ।
दुर्गा प्रसाईं नेतृत्वको राजावादी आन्दोलनकारी समूहले उद्योगको पार्किङमा रहेका आधा दर्जन गाडी पनि जलाएका छन् ।
FACEBOOK COMMENTS