काठमाडौं। शंकर समूह अन्तर्गत नेपालमाटिभीएस मोटर कम्पनीका आधिकारिक वितरक जगदम्बा मोटर्स ले भृकुटीमण्डप मा “टिभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल” सुरु गरेको छ।
हिजो चैत्र ११ गते देखि १६ गते सम्म सञ्चालन हुने यस कार्यक्रमको पहिलो दिनमै ५०० भन्दा बढी आगन्तुकको उत्साहजनक उपस्थिति देखिएको कम्पनीले जनाएको छ।
कार्यक्रम स्थलमा आगन्तुकहरूले टिभीएस का विभिन्न दुई पाङ्ग्रे सवारीहरूको अवलोकन गर्नुका साथै टेस्ट राइडमा सहभागी हुने, आफ्ना पुराना बाइक साट्ने (एक्सचेन्ज) विकल्पको मूल्यांकन गराउने तथा फाइनान्स योजनाबारे जानकारी लिने सुविधा पाएका छन्।
ग्राहकको खरिद निर्णयलाई सहज बनाउन स्थलमै एक्सचेन्ज मूल्यांकन र फाइनान्स परामर्श काउन्टर पनि राखिएको छ। उद्घाटन कार्यक्रममा जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल र कार्यकारी निर्देशक अखिल गुप्ताको उपस्थिति रहेको थियो।
साथै, टिभीएस मोटर कम्पनीका कन्ट्री हेड अश्विन श्रीनिवासन, ब्रान्ड एम्बेसडर प्रदीप खड्का, राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेल लगायत विभिन्न इन्फ्लुएन्सरहरूको सहभागिता रहेको थियो। अतिथिहरूले प्रदर्शनी क्षेत्र अवलोकन गर्नुका साथै आगन्तुकहरूसँग अन्तरक्रिया गरेका थिए।

कार्निभल अवधिभर विभिन्न मनोरञ्जनात्मक र सहभागितामूलक कार्यक्रमहरू आयोजना गरिनेछन्। दैनिक रूपमा लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल, टेस्ट राइड, फूड स्टल लगायत गतिविधिहरू सञ्चालन हुनेछन्। साथै, याबी द बाख्रा र डीजे एमएक्सनिश को लाइभ प्रस्तुति पनि रहनेछ।

कार्यक्रममा कम्युटर, प्रिमियम तथा इलेक्ट्रिक सेग्मेन्टका सम्पूर्ण मोडलहरू प्रदर्शनमा राखिएका छन्। विशेष अफर अन्तर्गत रु. ८,००० सम्मको भ्यालु एडिसन, रु. ७,००० नगद छुट तथा रु. ३,७१० बाट सुरु हुने ईएमआई सुविधा उपलब्ध रहेको छ। साथै, ५० भन्दा बढी रीकन्डिसन्ड बाइक कम्पनीहरूको सहभागितासहित पुराना सवारीका लागि प्रतिस्पर्धात्मक मूल्यांकन पनि गरिनेछ।

यस अवसरमा अध्यक्ष साहिल अग्रवालले कार्निभलप्रति देखिएको सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको उल्लेख गर्दै ग्राहकलाई टिभीएस को सम्पूर्ण पोर्टफोलियो अवलोकन गर्न र आकर्षक योजना उपयोग गर्न यो उपयुक्त अवसर भएको बताए।
कार्यकारी निर्देशक अखिल गुप्ताले कार्यक्रम ग्राहकलाई मूल्य र सहजता दुवै प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा नयाँ बाइक तथा स्कुटर मोडलहरू सार्वजनिक गरिने संकेत गरे।
जगदम्बा मोटर्सले सबै दुई पाङ्ग्रे सवारीप्रेमीलाई चैत १६ भित्र भृकुटीमण्डप पुगेर उपलब्ध अफर, एक्सचेन्ज सुविधा र मनोरञ्जनात्मक गतिविधिहरूको लाभ लिन आग्रह गरेको छ।

FACEBOOK COMMENTS