काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफूविरुद्ध मिडिया ट्रायल भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद खरेलले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइरहेको बताए ।
स्मार्ट टेलिकमको ठगी प्रकरणमा आफ्नो नाम जोडिएपछि प्रतिक्रिया दिँदै सांसद खरेलले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रम फैलाउने काम भएको दाबी गरेका हुन् ।
उनले आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको उल्लेख गर्दै कुनै गल्ती नगरेको बताएका छन् ।
