काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल त्रिवि शिक्षण अस्पतालमा पुगेका छन ।
शुक्रबारजेनजी आन्दोलनका घाइतेहरुलाई भेट्न मन्त्री खरेल शिक्षण अस्पताल पुगेका हुन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो ।
आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् ।
मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रबार आज जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।
उनले घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरेको स्रोतले जानकारी दिएको छ ।
घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेनजीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाए ।
FACEBOOK COMMENTS