काठमाडौं । राजसंस्था पुनर्स्थापनका लागि गठित संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा गर्ने प्रदर्शन तथा आमसभालाई समर्थन गरेको छ ।
आज आइतबार विज्ञप्ति जारी गर्दै समितिका कार्यवाहक संयोजक जगमान गुरुङले राप्रपाको प्रदर्शन तथा आमसभालाई आफूहरूको साथ रहने जनाएका हुन् । गुरुङले सो कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउन पनि आह्वान गरेका छन् ।
‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ वर्तमान व्यवस्थाविरोधी दल राप्रपाले प्रदर्शन तथा आमभसभा गर्न लागेको हो ।
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS