काठमाडौँ । जारी जय ट्रफीमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशमाथि जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।
बागमतीले दिएको १३७ रनको लक्ष्य पछाएको एपीएफले २ विकेट गुमाएर लक्ष्य पुर्याएको हो । एपीएफको जितमा कप्तान रोहित पौडेलले अविजित ५६ रन बनाएका थिए भने आसिफ सेखले ५९ रन बनाएका थिए । रोहितको यस खेलका दुवै इनिंगमा अर्धशतक प्रहार गरेका छन् । उनले पहिलो इनिंगमा ८७ रन बनाएका थिए ।
यस अघि पहिलो इनिंगमा बागमतीले २०७ रन बनाएको थियो भने एपीएफले पहिलो इनिंगमा २३९ रन बनाएको थियो । त्यस्तै बागमतीले दोस्रो इनिंगमा १६८ रन बनाएपछि एपीएफले १३७ रनको लक्ष्य पाएको थियो ।
अब एपीएफले अर्को खेल दोस्रो खेल सोमबारदेखि नेपाली पुलिस क्लबसँग खेल्ने छ भने बागमतीले सोमबारदेखि नै आफ्नो अर्को खेल त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

FACEBOOK COMMENTS