काठमाडौँ । भारतको घरेलु क्रिकेट रणजी ट्रफीको ९१ वर्ष लामो इतिहासमा जम्मु-कश्मीर टोली पहिलो पटक च्याम्पियन बन्न सफल भएको छ ।
जम्मु-कश्मीर र कर्नाटकबीच खेलिएको फाइनल खेल बराबरीमा सकिए पनि पहिलो इनिङ्समा ठूलो अग्रता बनाएकै आधारमा जम्मु-कश्मीरले उपाधि जितेको हो ।
खेलको पहिलो इनिङ्समा जम्मु-कश्मीरले ५८४ रन बनाएको थियो भने कर्नाटकलाई २९३ रनमै समेट्दै २९१ रनको महत्वपूर्ण अग्रता लिएको थियो । दोस्रो इनिङ्समा जम्मु-कश्मीरले चार विकेट गुमाएर ३४२ रन बनाउँदै कुल ६३३ रनको अग्रता कायम गरेको थियो ।
यस प्रदर्शनसँगै जम्मु-कश्मीरले कर्नाटकलाई पछि पार्दै रणजी ट्रफीको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।
रणजी ट्रफीको इतिहासमा सबैभन्दा बढी पटक मुम्बईले ४२ उपाधि जितेको छ भने कर्नाटकाले ८, दिल्लीले ७ र मध्यप्रदेश र बरोड़ाले ५-५ पटक उपाधि जितेका छन् ।

FACEBOOK COMMENTS