काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवारको चाशोती गाउँमा बिहीबार दिउँसो बादल फुटेपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
जम्मु कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटना बारे ब्रिफिङ गर्दै अहिलेसम्म ६० जनाले ज्यान गुमाएको र १०० भन्दा बढी घाइते रहेको जानकारी दिएका हुन् ।
त्यस्तै अचानक आएको बाढीबाट २०० जनाभन्दा बढी बेपत्ता रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अहिले पनि राहत र उद्धारको काम जारी रहेको बताइएको छ
माचैल माता यात्राको लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप(डिभिजनको चाशोती गाउँ पुगेको बेला अचानक बाढी आएको थियो ।
यो यात्राको पहिलो गन्तव्य रहेको र यात्रा सुरु हुने ठाउँमा बादल फुटेको रिपोर्टमा उल्लेख छ । यहाँ भक्तजनहरूको बस, पाल, लङ्गर र धेरै पसलहरू थिए । सबै बाढीको पानीमा बगेको बताइएको छ ।
FACEBOOK COMMENTS