काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले ५८ हजार कित्ता संस्थापक शेयर संस्थापक तर्फको सर्वसाधारणमा विक्री खुला गरेको छ । यस अघि जेठ २२ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेको यो शेयर सर्वसाधारणमा जारी गरिएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी सातदेखि भित्र आवेदन पेश गर्नुपर्ने सुचना कम्पनीले असार २७ गते जारी गरेको हो । निवेदन कम्पनीको केन्द्रिय कार्यालय जनकपुर धाममा पेश गर्नुपर्नेछ । कम्पनीले अशोक शाहको नाममा रहेको शेयर विक्री खुला गरेको हो ।
FACEBOOK COMMENTS