जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले सुनचाँदी व्यवसायीहरुलाई पक्राउ गरी झुटो मुद्दा लगाएको दाबी गर्दै त्यसको विरोधमा बजार बन्द गर्ने भएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सुनचाँदी व्यवसायीहरुलाई पक्राउ गरेको विरोधमा आइतबार बजार बन्द गर्ने लागेको हो ।
व्यावसायीहरुमाथि मुद्दा लगाउने प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित संघले आज मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय, धनुषामा समेत ज्ञापनपत्र पनि बुझाउन लागेको छ । ज्ञापनपत्र बुझाउनकै लागि भोली दिउँसो २ बजेसम्मका लागि संघले बजार, उद्योग र व्यवसायिक प्रतिष्ठान बन्द गर्न आह्वान गरेको छ ।
बिल बिजक बिना सुनको अबैध कारोबार गरेको आरोपमा प्रहरीले सुनचाँदी व्यावसायीहरु जनकपुरधामका बलराम साह र अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय शाह सोनार र संजय शाह सोनारलाई पक्राउ गरेको थियो । उनीहरु धरौटीमा रिहा भइसकेका छन् ।
राजश्व अनुसन्धान कार्यालय पथलैयाले बलरामबाट ७ लाख ८० हजार ९७०, अरुणबाट ४ लाख २७ हजार ३२५, सञ्जयबाट ७ लाख ८० हजार ७०८ र अजयबाट ४ लाख २७ हजार ३२५ रुपैया धरौटी लिएर छाडेको छ ।
FACEBOOK COMMENTS