काठमाडाैँ । उर्जा क्षेत्रमा एसियाली विकास वैंक(एडिवी) नेपाल साझेदारिको पाँच दशक बिषयक फोटो प्रर्दशनी मधेस प्रदेशको राजधानी जनकपुरमा भइरहेको छ । महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा भएको प्रदशनीमा ५० तस्विरहरु छन् । प्रर्दशनी अवलोकन गर्न बिहानै देखी बिभिन्न कलेजका विद्यार्थि, सरकारी कर्मचारी , बैंक तथा वित्त संस्थाका कर्मचारी र आम सर्वसाधरणको बाक्लो उपस्थिती जारीछ ।
मधेस प्रदेश स्तरीय अन्तरबैंक क्रिकेट खेलमा जित हात पारेपछी सिटिजन बैंकका खेलाडीहरु प्रर्दशनी अवलोकन गर्न जर्सिमै आएका थिए । सिटिजन बैंकका मधेस प्रदेसका सुरेश थपलियाको नेत्रुत्वमा आएको खेलाडीहरुले फोटो प्रदर्शनी निकै राम्रो र समयसान्दर्भिक रहेको बताए । थपलियाले फोटो प्रदशनीमा विद्युत विकासका साथै उत्प्पादन,वितरण र प्रसारणका विभिन्न आयमहरुलाई छोएको र विधुतिकरणपको विकासमा एडिवीको योगदान कति रहेछ भनेर हेर्न र जान्नका लागी प्रर्दशनी उपयोगी हुने र सन्देश मूलक तस्विरले बिजुलीका कारण सर्वसाधरणको आर्थिक जनजीवन कति लाभ पुर्याइरहेको छ भनेर स्पष्ट पारेको बताए ।
प्रर्दशनीको अवलोकन गर्न आएकी जनकपुर नर्सिङ्घ कलेजमा अध्यनरत सिरहा मिर्चयाकी कुमारी साहले प्रर्दशनी निकै उपयोगी रहेको बताइन् ।विधुतिकरणको बिकासले ल्याएको परिवर्तन र जीवन स्तर उकास्ने खालका तस्विर भएकोले प्रर्दशनी बाट आफुले धेरै कुरा बुझन पाएको बताइन । उनले सवै आफुँजस्ता विभिन्न संकायमा अध्यनरत साथीहरुलाई प्रदशनी हेर्न र अध्यनगरी ज्ञान लिन अनुरोध गर्दै आगामी दिनहरुमा समेत यस्ताखालका यथार्थ परक र उपलव्धीमुलक प्रर्दशनी राखेर आम सर्वसाधरणलाई सहयोग गर्न एसियाली विकास बैंकलाई आग्रह गरिन् ।
FACEBOOK COMMENTS