काठमाडौँ । जनकपुरमा रेल र कार ठोक्किएका छन् ।
जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS