काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा समुहले अर्को कम्युनिष्ट पार्टी नखोल्ने बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले एकीकृत कम्युनिष्ट अभियान संचालन गर्ने भन्दै अर्को पार्टी नखोल्ने घोषणा गरेका हुन् ।
माओवादी केन्द्रका नेता राम कार्कीले आफुहरुले कसैको नियन्त्रणमा रहेको दल नखोल्ने भन्दै आफुहरु आफ्नो पद मिल्काएर यहाँ आएको बताएका छन् । उनले आफुहरुले अहिलेसम्म गरेका गल्ती सुधार्ने र कम्युनिष्ट अभियान चलाउने स्पष्ट गरेका छन् ।
आफुहरुले शान्तिपूर्ण र जुझारु संघर्ष गर्ने भन्दिउ नेता कार्कीले नेपालमा जेनजी आन्दोलनपछि दलहरु विघटित भएको बताए ।
यो पनि-

जनार्दन शर्मा महाधिवेशन आयोजक सचिवालय समितिको बैठकमा नजाने

              
              
              
              		              
FACEBOOK COMMENTS