काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बन्ने दाबी गरेका छन् ।
शपथ ग्रहणका लागि संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले राष्ट्रपति को बन्छ भन्ने विषयमा गठबन्धनभित्र छलफल भइरहेको उल्लेख गरे ।
तथापि राष्ट्रपतिका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सम्भावना बढी रहेको बताए ।
उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ। माधव कमरेड बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ। मैले मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ। तर, निर्णय भएको छैन।’
गठबन्धनले तोकेकै समयमा सरकार बनाउने उनले बताए।
FACEBOOK COMMENTS