काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाएको विषयलाई लिएर अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबारदेखि काठमाडौंमा आयोजित विद्युतीय सवारी मेला ‘नाडा ईभी ओटो शो’मा उनले बैंकले निक्षेमा १३/१४ प्रतिशत ब्याज दिने नीति लिँदा उत्पादन क्षेत्रलाई बाधा पुगेको बताए ।
“जुन देशमा बैंकमा पैसा राखेर १३/१४ प्रतिशत ब्याज पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि सम्भव हुँदैन । यहीँनेर समस्या आएको छ । यो समस्यालाई समाधान गर्नुछ,” उनले भने, “किनभने, उद्योगमा लगाउँदा ७/८ प्रतिशत मात्र ब्याज आउने भयो ।”
बैंकहरूले घरजग्गामा बढी कर्जा प्रवाह गरेकामा पनि मन्त्री शर्माले असन्तुष्टि जनाए । ब्याजदरको विषयमा सम्बन्धित निकयसँग छलफल गर्ने तयारी गरेको उनले बताए ।
“बैंकका प्रतिनिधि, उद्योगी र अर्थ मन्त्रालय माताहतका निकायलाई समेत राखेर यसको बारेमा आउने हप्तामा गम्भीर खालको छलफल गरेर निष्कर्ष निकाल्ने कार्यक्रम राख्न मैले सचिवज्यूलाई निर्देशन दिसकेको छु,” उनले भने, “सरकारले उत्पादन क्षेत्रलाई दुई प्रतिशत कम ब्याजदरमा ऋण उपलब्ध गराउने भन्ने नीति पास गरेर यसलाई कार्यान्वयनमा ल्याएको छ । किन अझै नीतिअनुसार काम हुँदैन रु यस्ता नीति कार्यान्वयन गर्न कहाँ के गर्नुपर्ने हो, हामी सबैले यसको दायित्व लिनुपर्छ ।”
अर्थतन्त्रलाई बलियो बनाउन आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउनतर्फ सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
FACEBOOK COMMENTS