काठमाडौँ । जनउत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
कम्पनीको असार मसान्तसम्मको चुक्ता पुँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको थियो । जसअनुसार १५ प्रतिशतका दरले २ करोड २१ लाख ८५ हजार रुपैयाँ हुन आउँछ । यस्तै, कर प्रयोजनका लागि भनेर कम्पनीले ०.७८९५ प्रतिशत दिने भएको छ ।
कम्पनीको २००औँ सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो बोनस लागू हुने छ ।
FACEBOOK COMMENTS