काठमाडौं । जेन जी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको विरोध गर्दै निकोलस भुसाल र एमाले नेता महेश बस्नेतलाई किन फरक तरिकाले हेरेको भनी प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो प्रश्न गरेका हुन् । जेन जी अभियन्ता भावना राउतले पनि सामाजिक सञ्जालमा राखेका धारणालाई गुरुङले पनि समर्थन गर्दै यस्तो प्रश्न गरेका छन् ।
अभियन्ता सुदन गुरुङले सामाजिक सञ्जालमा भने
“निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो गृहमन्त्रीज्यू ? अनि किन निकोलसमात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ आन्दोलन हार्दैछ ।”


FACEBOOK COMMENTS