टोकियो । जापानको बेरोजगारी दर पछिल्लो महिनाको २ दशमलव ६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २ दशमलव ५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ ।
एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८ दशमलव २२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।
मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जून महिनामा ३ दशमलव ३ प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुदाँ १ दशमलव ७६ मिलियनमा पुगेको हो ।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १ दशमलव २४ रहेको जापानको रोजगार–आवेदक अनुपात जूनमा घटेर १ दशमलव २३ पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १ सय २३ रोजगारी उपलब्ध भएको सङ्केत गरेको छ ।
FACEBOOK COMMENTS