एजेन्सी । जापानको माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको छ ।
जापान सरकारले यौन अपराध कानुनमा निकै परिवर्तन गरेको छ । बलात्कार र सहमतिको उमेर पनि बढाइएको छ । सहमतिको उमेर १३ वर्षबाट १६ वर्ष पुर्याएको छ । सन् १९०७ मा सहमतिको उमेर १३ वर्ष कायम रहेको थियो ।
कुनै पीडितलाई औषधि खुवाएमा धम्की दिएमा अनुमति बिना सम्बन्ध राखेमा बलात्कारको मुद्दा लाग्ने छ । पीडितले पीडा पाएको १५ वर्षपछि पनि मुद्दा दर्ता गर्न सकिने छ । हाल १० वर्ष रहेको थियो ।
१३ देखि १५ वर्ष उमेरका नाबालिगसँग यौनसम्पर्क राख्ने पीडितभन्दा कम्तीमा ५ वर्ष जेठो भएको अवस्थामा मात्रै अपराध मानिनेछ । जापानमा बलात्कारका घटना बढ्रदै गएपछि कानून कडा गर्न खोजिएको छ । अन्य देशको तुलनामा भने कमजोर रहेको छ ।
FACEBOOK COMMENTS