काठमाडौं । इरान युद्धका कारण मध्यपूर्वबाट आउने तेल बोकेका जहाजको आवागमन प्रभावित भएपछि जापानमा तेल आपूर्तिमा समस्या देखिन थालेको छ ।
यसलाई नियन्त्रणमा राख्न जापानले आफ्नो सञ्चित भण्डारबाट तेल निकालेर प्रयोग गर्न थालेको छ ।
जापानी सञ्चारमाध्यमले जनाएअनुसार आपूर्ति स्थिर राख्न भण्डारबाट तेल प्रयोग सुरु गरिएको हो । सार्वजनिक गरिएको इन्धन करिब १५ दिनको खपत बराबर रहेको बताइएको छ ।
जापानका तेल कम्पनीहरूसँग अहिले करिब ७० दिनका लागि पुग्ने भण्डार रहेको पनि जानकारी दिइएको छ ।
यसका अतिरिक्त सरकारसँग छुट्टै तेल भण्डार रहेको र मार्च महिनाको अन्त्यतिर करिब एक महिनासम्म पुग्ने आपूर्ति सार्वजनिक गर्न सकिने अपेक्षा गरिएको छ ।

समग्रमा जापानसँग हाल करिब २५४ दिनसम्मको खपत बराबर तेल भण्डार रहेको बताइएको छ, जुन करिब ४७ करोड बैरल तेल बराबर हुने जनाइएको छ ।

FACEBOOK COMMENTS