काठमाडौँ । जापानको जङ्गलमा भीषण आगलागी भएको । उक्त आगलागीले हजारौँ मानिसहरूलाई घरबाट भाग्न बाध्य बनाएको छ । यो अहिलेसम्मकै सबैभन्दा गम्भीर आगलागी रहेको बताइँदैछ ।
यो आगो बुधबार इवाते प्रिफेक्चरको ओफुनातो शहरमा लागेको थियो र हेर्दाहेर्दै ठूलो जङ्गलसम्म फैलिएको छ । यस आगोले अनुमानित १,८०० हेक्टर (४,४५० एकड) भन्दा धेरै क्षेत्रलाई आफ्नो चपेटामा लिएको छ ।
स्थानीय अधिकारीहरूले यस भयानक आगोबाट एउटा मृत शरीर फेला परेको पुष्टि गरेका छन् । त्यसैगरी, कम्तीमा ८० वटा भवनहरू आगोले क्षतिग्रस्त भएका छन् ।
जापानको अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन एजेन्सी (एफडीएमए) ले यस आगलागीलाई १९९२ पछिकै जापानमा भएको सबैभन्दा ठूलो वन डढेलो घोषित गरेको छ । त्यसबेला होक्काइडोको काशीरो क्षेत्रमा लागेको भयानक आगोले ठूलो विनाश निम्त्याएको थियो ।
आगो नियन्त्रण गर्न दमकलकर्मी र आपतकालीन टोलीहरू लगातार खटिरहेका छन्, तर तीव्र हावा र सुक्खा मौसमका कारण आगो निभाउन कठिन भइरहेको छ । अधिकारिहरूले आगो थप फैलन नदिन हेलिकोप्टर र स्थलगत टोलीहरू परिचालन गरेका छन् ।
यसबाहेक, जापानमा यमुनाशी प्रिफेक्चर र इवातेका अन्य क्षेत्रमा पनि वन डढेलो लागेको छ ।
जापानमा वन डढेलो सामान्यतः फेब्रुअरीदेखि अप्रिलसम्म हुने गर्छ, जब सुक्खा हावा र तीव्र हुरीले आगो फैलन अनुकूल वातावरण सिर्जना गर्छ ।
२०२३ मा जापानमा करिब १,३०० वटा वन डढेलोका घटना भएका थिए, जुन १९७० को दशकको तुलनामा कम हो ।
हाल भइरहेको यो आगलागीले जलवायु र वातावरणीय परिवर्तनको असरलाई देखाउँछ, जसले आगोको गम्भीरता र आवृत्ति बढाइरहेको छ ।
हेर्नुहाेस् भिडिओ-
【速報】本日、岩手県大船渡市の林野火災において、東京消防庁をはじめ東北や関東各県など12都県の緊急消防援助隊が活動しています。岩手県内応援部隊、地元消防本部あわせて約1,800名体制、消防防災ヘリは7機体制で、引き続き鎮圧・鎮火に向け全力で対応します。 pic.twitter.com/7DlTfQ9ejV
— 総務省消防庁 (@FDMA_JAPAN) February 28, 2025
FACEBOOK COMMENTS