काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरि २०८२ भाद्र १ देखि २०८२ कार्तिक मसान्तसम्म संचालन गरेको ग्राहक उपहार योजना “चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” को बम्पर उपहार बिजेता घोषणा गरेको छ ।
कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको बिशेष उपस्थितिमा एक कार्यक्रमका बिच उहाँकै हातबाट लक्की ड्र कुपन मार्फत बिजेताको घोषणा गरिएको हो। २०८२ पुष ७ गते घोषणा गरिएको यस बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरिन् । यसका साथै अन्य ग्राहकहरुले पनि विभिन्न उपहारहरु प्राप्त गर्न सफल भए। यसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडी सहित जम्मा १०८२ जनाले विभिन्न उपहारहरू जित्न सफल भए ।
तीन महिनासम्म संचालन भएको यस उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गरेका नेपालभरिका २६४७ भन्दा बढी ग्राहकहरु समावेश भएका थिए। ग्राहक महानुभावहरुलाई रु. ७५,०००/– बराबरको जस्मिन पेन्ट्सका उत्पादनहरुको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो ।
ग्राहकहरुको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए । साथै उनले यस उपहार योजना सफल पार्न सहयोग पुर्याउने सबैलाई बिशेष धन्यवाद सहित आगामी दिनहरुमा संचालन गरिने उपहार योजनाहरुमा सहभागिता जनाउनका लागि अनुरोधसमेत गरे ।
FACEBOOK COMMENTS