काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि इङल्याण्डका आक्रामक ब्याट्सम्यान जेसन रोय पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
पोखराले यसअघि न्युजील्यान्डका अलराउन्डर जिम्मी निशामलाई अनुबन्ध गरेको थियो भने बार्बडियन अलराउन्डर रेमन रेइफर र इङल्याण्डका एडम रोसिङटन र डान डौथवेटलाई पनि अनुबन्ध गरेको छ ।
नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास, दिनेश खरेल, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री लगायतका खेलाडी रहेका छन् । यस सिजनको एनपीएल नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुदैछ ।
FACEBOOK COMMENTS