काठमाडौं । प्रतिष्ठित औद्योगिक समूह ‘आईजे ग्रुप’का अध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक परेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का ऐतिहासिक अध्यक्षसमेत रहेका श्रेष्ठकी १०१ वर्षीया आमा जवाहर देवी श्रेष्ठको बुधबार साँझ बीएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
हाल उनको पार्थिव शरीर बीएण्डबी अस्पतालमै रहेको र श्रद्धाञ्जलीका लागि भोलि बिहान ८:३० देखि ९:३० बजेसम्म सानेपास्थित निजी निवास ‘श्रीकुञ्ज’मा राखिनेछ । भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
अन्तिम संस्कारका लागि भोलि बिहान ९:३० बजे श्रीकुञ्जबाट प्रस्थान गरिने श्रेष्ठका पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. श्रेष्ठका दुई छोरा र पाँच छोरी छन् । जेठा छोरा देशबाहिर रहेकाले उनी आएपछि भोलि अन्त्येष्टि गर्न लागिएको हो । रविभक्त कान्छा छोरा हुन् ।
स्व. श्रेष्ठका पति स्व. इन्द्रभक्त श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष भएका थिए ।
FACEBOOK COMMENTS