काठमाडौं । नेपालमा ओमोडा र जेइको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ’जेइको जे५ प्रो’का लागि नाडा विशेष योजना घोषणा गरेको छ।
यस योजनाअन्तर्गत जेइको जे५ प्रो अब ४७.९९ लाख रूपैयाँमै उपलब्ध हुनेछ। ’नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अत्यधिक तथा उत्साहजनक प्रतिक्रिया पाएपछि कम्पनीले यो सुविधा पुन: ल्याएको हो।
प्रिमियम इलेक्ट्रिक एसयूभी सेगमेन्टमा उत्कृष्ट प्रविधि, शक्तिशाली प्रदर्शन र उत्कृष्ट व्यावहारिकतासहित उपलब्ध जेइको जे५ प्रोले नेपाली ग्राहकहरूमाझ छोटो समयमै उल्लेखनीय आकर्षण सिर्जना गरेको कम्पनीको भनाइ छ।
विशेषगरी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाइमा मोबिलिटी एक्स्पोमा जेइको जे५ प्रोप्रति देखिएको असाधारण चासो र ग्राहकको मागलाई सम्बोधन गर्दै कम्पनीले पहिलो १०० ग्राहकका लागि यो विशेष योजना ल्याएको जनाएको छ।
कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पोको अवधिमा जेइको जे५ प्रो बुकिङ गरिसकेका ग्राहकहरूलाई पनि यही विशेष मूल्य योजना उपलब्ध गराइनेछ।
जेइको जे५ ले अन्तर्राष्ट्रिय बजारमा पनि बलियो सफलता हासिल गरिसकेको छ। यो थाइल्यान्ड र इन्डोनेसियामा नम्बर १ बेस्ट–सेलिङ इभी एसयूभीका रूपमा स्थापित भइसकेको कम्पनीले जनाएको छ।

बिक्रेता कम्पनीका अनुसार नेपाली बजारका लागि जेइको जे५ प्रो उत्कृष्ट प्रदर्शन र एसयूभी क्षमतासहित आएको छ। यसमा रहेको १५५ किलोवाट इलेक्ट्रिक मोटरले २८८ एनएम टर्क उत्पादन गर्छ, जसले सहरी यात्रादेखि लामो दूरीको यात्रासम्म सहजता दिलाउँछ।
५०.७ किलोवाट आवर ब्याट्री, १९ भन्दा बढी एडीएएस तथा सुरक्षा फिचर्स, प्यानोरामिक मुनरुफ र ४८० लिटर बुटस्पेस जस्ता प्रिमियम तथा बेस्ट–इन–सेगमेन्ट विशेषताहरू उपलब्ध छन्।
१८५ एमएमको ग्राउन्ड क्लियरेन्स, फुल–साइज स्पेयर टायर छ। यसमा ११ वर्ष वा २,४०,००० किलोमिटरसम्मको विस्तारित वारेन्टी पनि प्रदान गरिएको छ। ४७.९९ लाख रूपैयाँको नाडा विशेष योजना सीमित अवधिका लागि लागु हुनेछ।