कपिलवस्तु । कपिलवस्तु-१ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता आशिष शर्माले चुनाव चिह्न जीप पाएका छन् ।
शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जिप चुनाव चिह्न पाएका हुन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु-१ मा १५ जना स्वतन्त्रसहित कुल ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कपिलवस्तु-१ मा नेपाली काँग्रेसबाट उम्मेदवारमा सिफारिस भएपनि पार्टीले अहतर कमाललाई टिकट दिएपछि शर्माले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यस क्षेत्रमा एमालेबाट बिश्राम चौधरी, नेकपाबाट कृष्ण कुँवर, रास्वपाबाट मोहन आचार्य र राप्रपाबाट शत्रुघन प्रसाद चौधरी उम्मेदवार रहेका छन् ।

गत निर्वाचनमा यस क्षेत्रबाट एमालेका बलराम अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । तत्कालिन माओवादी केन्द्रका चक्रपाणी खनालले १८ हजार ९८३ मत प्राप्त गर्दै दोस्रो भएका थिए ।

कपिलवस्तु-१ मा यस पटक १७९ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता एक लाख ४७ हजार ६५९ रहेका छन् ।

FACEBOOK COMMENTS