खलंगा । दार्चुलाको मार्मा गाउँपालिका–३, दानीखेतमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार (कात्तिक ७) बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी जीपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।
जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
जीप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । रासस
FACEBOOK COMMENTS