दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–४, ओसिल क्षेत्रमा जीप दुर्घटना हुँदा दुई सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ ।
ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जीप मंगलबार बिहान दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा उनीहरू ओसिलतर्फ गएको जनाइएको छ ।
दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS