काठमाडौ । जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनीहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका हुने भएपनि यो भूमिका निर्वाह गर्न समस्या भएको जिकिर गरे ।
उनीहरुले भने, “जिल्ला समन्वय समितिका प्रमुखलाई संविधान प्रदत्त काम गर्न पनि समस्या भइरहेको छ । यसका तीनै तहका सरकारहरुले विशषे ध्यान दिनुप¥यो । ” कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष खड्काले समन्वय समितिका प्रमुखहरुले अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन सहयोगीको भूमिका निर्वाह गर्न चाहिरहेको बताए । उनले भने, हामी काम गर्न चाहन्छौँ तर काम नै छैन । संविधान प्रदत्त काम गर्न अप्ठ्यारो परिरहेको छ । ”
जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डेले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएपनि यसको व्यवहारिक कार्यान्वयन नभएको गुनासो व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको बताए । उनले भने “ जिल्ला समन्वय समितिको भूमिका समन्वय र अनुगमन गर्न अहं हुन्छ तर व्यवहारमा यसो हुन सकिरहेको छैन । ”
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ‘एक जिल्ला एक पर्यटन’को पूर्वाधार बनाउन जिल्ला समन्वय समितिका पदाधिकारीलाई आग्रह गर्दै यसबाट आर्थिक समृद्धि हाँसिल गर्न सजिलो हुने बताए । उनले भने, “ निजी क्षेत्रलाई प्रवद्र्धन गर्न पछिल्लो समय सरकारले लिएका नीति राम्रा छन् । अव सरकार र निजी क्षेत्रको सहकार्यबाट अर्थतन्त्रलाई सुदृढ बनाउन जरुरी छ । धेरै भन्दा धेरै रोजगारी सिर्जन गर्न जरुरी छ ।” सो अवसरमा अध्यक्ष ढकालले कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुखलाई चन्द्रागिरि हिल्सले पर्यटन प्रवद्र्धन गर्न अवलम्बन गरेका नीतिका बारेमा जानकारी दिए ।
FACEBOOK COMMENTS